मोबाइलका अँध्यारा पाटा - चन्द्र खाकी

January 7, 2009

सहरिया जीवन पद्दतिको अभिन्न अङ्ग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार-प्रविधिको ‘चमत्कारीे खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै आश्रति र आशक्त पनि बनाइसकेको छ- यो नहुँदा जीवननै नचल्ला कि भन्ने हदसम्म । हुन पनि सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ मोबाइलले । निश्चित ठाउँमा टाक्सिएर बस्नुपर्ने ल्याण्डलाइन प्रविधिको विपरीत जहाँसुकै र जतिखेर पनि बोकेर हिँड्न मिल्छ मोबाइल । (more…)

श्री पशुपतिनाथ, राष्ट्रियता - भारतसुरेन्द्र थापामगर

January 5, 2009

श्री पशुपतिनाथ, राष्ट्रियता र भारतसुरेन्द्र थापामगर
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् भने आफ्नो सम्बोधन भाषण टुंग्याउने नेपालका राजा अहिले जंगलमा छन्। जंगलमा बसेर जनयुद्ध गर्ने पुष्पकमल दाहाल ँप्रचण्ड’ बालुवाटारमा छन्। नियति ठीक उल्टो भएको छ। यस्तो बेला हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरका मुल पुरोहित भट्टहरूको राजीनामा र नियुक्तिले तातो बहस सिर्जना गरेको छ। आजभन्दा सय वर्षअगाडिदेखि भारतीय मुलका पुजारीले पशुपतिनाथको पूजा गर्ने प्रचलनमा फेरि क्रमभंग भएको छ। मुल पुजारी महावलेश्वर भट्ट राजीनामा दिएपछि नयाँ पुजारीको नियुक्तिले एउटा वहस सिर्जना गरेको छ। (more…)


Free counter and web stats