बुद्ध त छदै थिए राम र सिता पनि नेपालको जंगलमा भेटिए
December 15, 2008इटहरी, ३० मङ्सिर । बारा जिल्लाको जङ्गलमा तपस्वी रामबहादुर बमजनले तपस्या गरिरहेको चर्चा आइरहँदा यता सुनसरी जिल्लाको बराहक्षेत्र गाविस, वडा नं. ९ पर्ने घनाजङ्गलमा दुइ तपस्वी फेला परेका छन् ।
सुनसरी जिल्लाकै राम घिसिङ (तामाङ) र सिर्जना र्राई एक महिनादेखि सो जङ्गलमा तपस्या गर्दै आएको र्सार्वजनिक भएको छ । उनीहरूले आफूहरू रामसीता भएको दाबी गरेका छन् भने उनका नजिकका व्यक्तिहरूले उनीहरू एक महिनादेखि नै निराहार तपस्यामा बसेको बताएका छन् ।
बराहक्षेत्र मन्दिर क्षेत्रको जङ्गलमा जङ्गलकै पातपतिङ्गर र स्याउला ओछयाएर तपस्यामा बसेका उनीहरूका लागि उनीहरू र्सार्वजनिक भएपछि हेर्न जाने मानिसले बाँसले बेरेर बस्ने ठाउँ बनाइदिएका छन् । त्यहाँ पुग्नेहरूले उनीहरू बसेको स्थानमा त्रिशूल र फलफूल चढाएर पूजापाठ गरिरहेको देखिएको छ । तपस्यारत ती दुइले सातामा एकपल्ट शनिवारका दिन मात्र त्यहाँ जानेहरूसँग कुराकानी गर्ने गरेको थाहाभएको छ ।
केही समयदेखि सो स्थानमा हेर्न जाने मानिसको भीड लाग्ने गरेको छ । सानैदेखि सपनामा विभिन्न तन्त्रमन्त्रका कुरा देख्ने गरेको बताउने रामले पहिले पनि आफ्नो नाम राम नै भएको बताएका छन् । तपस्यामा बसेकी सिर्जनासँग आफ्नो भेट भएपछि आफूहरू दुवै तपस्यामा बसेको रामले बताएका छन् ।
उदयपुर जिल्लाको कुमुटार घर भएकी सिर्जनाले आफू सानैदेखि काम्ने गरेको र त्यसै समयमा पनि लामो समय जङ्गलमा बसेर तपस्या गरिसकेको बताउँछिन् । सिरहाको सिरहा बहुमुखी क्याम्यसमा बिएसम्मको अध्ययन पूरा गरेकी सिर्जनाले पनि रामलाई भेटेपछि एकसाथ तपस्यामा बसेको बताइन् ।
उनीहरू दुवैले १४ महिना लामो तपस्यामा बसेपछि आफूहरूमा दिव्य रोशनी प्राप्त हुने दाबी गर्दै सो समयसम्म सोही जङ्गलमा तपस्या गरेर बस्ने बताएका छन् । उनीहरू दुवैले आफ्नो परिवारसँग भक्त र भगवानको जस्तो सम्बन्ध रहेको पनि बताए ।

k sachi janmeaka hun ta ram n sita nepal ma ………………………………….
Comment by ashok — December 17, 2008 @ 1:02 am