दुई महिनाभित्र लोडसेडिङ अन्त्यको उपाय खोजिने, आजै चार मन्त्रालयको संयुक्त छलफल
December 14, 2008२९ मंसिर, लमजुङ/ प्रधानमन्त्री प्रचण्डले दुई महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने उपाय खोजिभईरहेको जानकारी दिनुभएको छ ।मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको उदघाटन गर्दै उहाँले त्यसको लागि आजै अर्थ, जलश्रोत, उद्योग र वाणिज्यगरी चार मन्त्रालयको संयुक्त छलफल आयोजना गरिएको जानकारी दिनुभयो । तत्काल डरलाग्दो लोडसेडिङ अन्त्य गर्ने उपायवारे सरकारले देशभित्र र बाहिर परामर्श गरिरहेको छ , प्रधानमन्त्रीले भन्नुभयो, दुइ महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने उपायको खोजि भईरहेको छ । उद्योग ब्यवसाय सुचारु गराउने,लोडसेडिङ अन्त्य गर्ने र जनतालाई तत्काल राहत दिने कार्य सरकारको तत्कालिन प्रथामिकतामा परेको बताउँदै त्यसको लागि छलफल भइरहेको वताउनुभयो । हिजो वेलुकामात्रै लोअर कणाली जलविद्युत आयोजनावारे समेत छलफल भएको उहाँले बताउनुभयो ।
विदेशी सहायता प्रभावित हुनेमा प्रधानमन्त्रीको चिन्ता
प्रधानमन्त्री प्रचण्डले विश्वमा देखिएको आर्थिक संकटले आफुले अपेक्षा गरेको विदेशी लगानी र सहयोगमा समस्या थपेको बताउनुभयो । चीन, भारत, अमेरीका जाँदा आफुले नेपालको जलविद्युतमा अन्र्तराष्ट्रिय लगानीको आह्वान गरेको तर पछिल्लो पटक देखिएको विश्व आर्थिक मन्दीले नयाँ प्रश्न जन्माएको टिप्पणी गर्नुभयो । विदेशी लगानी सहयोगमा अहिलेको आर्थिक संकटले केही चुनौती थप्यो, प्रचण्डले भन्नुभयो, जति उत्साह विदेशी लगानी आउछ भन्नेमा थियो त्यसमा केही जोखिम थपियो । तर उहाँले जलविद्युतमा लगानी आउने संभावना त्यत्तिकै प्रचुर रहेको पनि वताउनुभयो ।
राजनीतिसँग जोडिएको मध्यमस्र्याङ्दी
प्रधानमन्त्री प्रचण्डले राजनीतिक उचार चढावसँगै मध्यमस्र्याङ्दी परियोजनाको निर्माण चरणको उतार चढाव पनि जोडिएको बताउनुभयो । गृहयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन र गणतन्त्र स्थापनाको लामो उतार चढावको मध्यमस्र्याङ्दीसँग गहिरो सम्बन्ध रहेको उहाँले वताउनुभयो । उहाँले विगतको कमिकमजोरीवाट पाठ सिकेर आगामी योजना तय गर्नुपर्ने बताउनुभयो । उहाँले २१ औ सताव्दी पानीको शताब्दी भएको बताउँदै अव पानीको लागि द्वन्द्व र बहस हुने बताउनुभयो । प्रचण्डले नेपालमा ८३ हजार मेघावाट जलबिद्युत क्षमता रहेको भन्ने पुरानो अध्ययन भएको दावि गर्दै त्यो भन्दा कयौ गुणावढी नेपालमा जलविद्युतको क्षमता रहेको बताउनुभयो ।
प्रधानमन्त्रीको राजनीति कुरा
प्रधानमन्त्री प्रचण्डले शान्ति, समृद्धि र संविधानलाई एकैसाथ अघि नबढाए मुलुकले गम्भिर चुनौति भोग्नुपर्ने बताउनुभयो । इतिहाँसको महान संभावना र गम्भिर चुनौतिकोवीचमा मुलुक अघि बढेको बताउँदै उहाँले इतिहाँसले दिएको जिम्मेवारीमा गम्भिर नभए मुलुक फेरी दुर्घटनमा फस्न सक्ने बताउनुभयो । news:स्रोतहरु
