मोबाइलका अँध्यारा पाटा - चन्द्र खाकी
January 7, 2009सहरिया जीवन पद्दतिको अभिन्न अङ्ग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार-प्रविधिको ‘चमत्कारीे खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै आश्रति र आशक्त पनि बनाइसकेको छ- यो नहुँदा जीवननै नचल्ला कि भन्ने हदसम्म । हुन पनि सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ मोबाइलले । निश्चित ठाउँमा टाक्सिएर बस्नुपर्ने ल्याण्डलाइन प्रविधिको विपरीत जहाँसुकै र जतिखेर पनि बोकेर हिँड्न मिल्छ मोबाइल । (more…)
